सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिए

धनगढी– सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका रामेश्वर चौधरी तथा राज्यमन्त्री घनश्याम चौधरी र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त शिवराज भट्टलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका छन्।

मुख्यमन्त्रीमा नियुक्त भएपछि कमलबहादुर शाहले बुधबार तेस्रो पटक मन्त्रीमण्डल विस्तार गरेका हुन्। योसँगै प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाएको छ। उनी मुख्यमन्त्री भएदेखि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्रीविहीन थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button