आजदेखि काठमाडौं र पोखरामा हिन्दी सिनेमा नचल्ने

काठमाडौँ- आजदेखि काठमाडौँ र पोखरामा हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाइएको छ । बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर काठमाडौं र पोखरा महानगरपालिका मेयरद्धय बालेन्द्र साह  र धनराज आचार्यले  प्रतिबन्ध लगाए पछि हिन्दी सिनेमा नचल्ने भएका हुन् ।

भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन महानगरले गरेको आग्रहलाई बेवास्ता गरेपछि काठमाडौँ महानगरपालिकाले द्धयहलमा सो चलचित्र चल्न रोक लगाएको हो । 

मेयर साहले देश भित्रका अन्य क्षेत्र र विदेशमा पनि सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म सिनेमा प्रदर्शनमा निषेध गरिएको बताए । 

उनका अनुसार नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।

उनले भनेका छन्, ‘उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ ।’ 

त्यसैगरी पोखरा महानगरपालिकाले एक परिपत्र जारी गर्दै आजबाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको जनाइएको छ ।

‘नगरप्रमुख धनराज आचार्यले जारी गरेको पत्रमा दक्षिण भारतीय चलचित्र  ‘आदिपुरुष’मा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा कुनै पनि भारतीय सिनेमा प्रसारण गर्न रोक लगाइएको ब्यहोरा जानकारी गराइन्छ भनी उल्लेख गरिएको छ ।

यो प्रतिबन्धसँगै पोखरा महानगरभित्रका बाराही क र ख, श्रीकृष्ण र बिन्ध्यवासिनी, सिनेप्लेक्स, मिडटाउनलगायत सिनेमा हलमा कुनै पनि हिन्दी सिनेमा प्रदर्शन हुने छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button