प्रधानमन्त्री को राजीनामा असंसदीय भएको ठहर

काठमाडौँ  – सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्ने प्रमुख प्रतिपक्षी दल एमालेको कदम असंसदीय भएको ठहर गरेको छ ।

बिहीबार बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय भएको ठहर गरेको हो ।

सो बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय पनि गरेको छ । आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैपटक दिल्ली जानु भएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा मागेको छ । प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै एमालेले बुधबार संघीय संसद्का दुवै सदन अवरुद्ध गरेको थियो ।

यसपछि बिहीबार बिहान बसेको सत्तारुढ गठबन्धन बैठकले एमालेको कदम असंसदीय भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु नपर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरू सहभागी थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button