पूर्वराष्ट्रपति यादव वीर अस्पताल भर्ना, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भेट गरे

काठमाडौं- पूर्व राष्ट्रपति डा रामवरण यादव उच्च रक्तचाप, मधुमेह तथा ब्याक पेनसम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना भएका छन्।
वीर अस्पतालमा उपचाररत पूर्व राष्ट्रपति डा रामवरण यादवलाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भेट गरेका छन्। भेटका क्रममा मन्त्री बस्नेतले पूर्व राष्ट्रपति यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।
मन्त्री बस्नेतले पूर्व राष्ट्रपति यादवसहित वीर अस्पतालमा नै उपचाररत तीन जना भिआइपीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
पूर्व राष्ट्रपति यादवसहित कोसी प्रदेशका भौतिक पूर्वधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र प्रसाद यादवको वीर अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, मन्त्री कार्कीलाई डेंगु संक्रमण देखिएको छ भने कांग्रेस सह-महामन्त्री यादवमाथि खुकुरी प्रहार भएपछि विगत ४ दिनदेखि वीर अस्पतालमा उपचार भइरहेको प्राडा बस्नेतले जानकारी दिए।




