आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले प्रतिलिटर पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँ घटाएको हो । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेशन आईओसीले घटाएर नयाँ मूल्यसूची पठाएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्यअनुसार पेट्रोले र डिजेलको मूल्य घटेर आएपछि नेपालमा पनि पेट्रोलमा प्रतिलिटर ११ र डिजेलमा १५ रुपैयाँ घटेको हो ।
नयाँ मूल्यअनुसार पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १६९.५, दोस्रो वर्गमा १७१ र तेस्रो वर्गमा १७२ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेलको प्रतिलिटर डिजेलको पहिलो वर्गमा १६५.५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा १६८ रुपैयाँ भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button