कोशी प्रदेशमा एमाले र कांग्रेसको सरकार, मुख्यमन्त्री केदार कार्की


विराटनगर – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। पद तथा गोपनीयताको शपथ लिएलगत्तै मुख्यमन्त्री कार्कीले दुईजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन्।

आइतबार कार्कीले नेकपा एमालेका राम राना र नेपाली कांग्रेसका शमशेर राईलाई मन्त्री बनाएका छन्।   उनीहरूको मन्त्रालय भने तोकिएको छैन।

कार्की कांग्रेस ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्  ।  नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहबाट कार्की मुख्यमन्त्री बनेका हुन्।

वर्तमान गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेका थियो। तर,कोइराला समूहले एमालेसँग मिलेर कार्कीलाई अघि सारेपछि गठबन्धनका उम्मेदवार मुख्यमन्त्री हुनबाट बञ्चित भएका थिए।
संविधानको उपधारा ५ बमोजिम वहुमत पुर्‍याउन सक्ने कुनैपनि दलका सांसदलाई मुख्यमन्त्री बन्नसक्ने संविधानको व्यवस्था अनुसार कार्की कांग्रेसक ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

विश्वासको मत पाउन नसकेपछि एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते राजीनामा दिएका थिए ।‌ त्यसपछि २६ गतेभित्र उपधारा ५ बमोजिम सरकार गठन आह्वान भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button