इजरायलमा ज्यान गुमाएका थप दुई नेपालीको शव पहिचान

काठमाडौँ – प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी ज्यान गुमाएको थप दुई नेपालीको शव पहिचान भएको छ । तेल अबिबस्थित नेपाली दूतावासले सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै दुई नेपालीको शव पहिचान भएको जनाकारी दिएको हो ।

शव पहिचान हुनेमा मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साह रहेका छन् । योसँगै उक्त आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीहरुको शव पहिचान भएको छ ।

‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ’, विज्ञप्तिमा उल्लेख छ।

इजरायल सरकारले सम्पर्कविहीन भएका विपिन जोशीको खोजी पनि जारी रोखेको दूतावासले जनाएको छ। दूतावासका अनुसार हमासको आक्रमणमा परी घाइते भएका चार जना विद्यार्थीमध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button