प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बोलाएका छन्। बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।

बजेट सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक संसद्‌बाट तत्काल पारित नहुने भएपछि सरकार बजेट खर्च गर्न नपाउने अवस्थामा पुग्न लाग्दा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

संसद्‌मा विधेयक पेस भएपनि प्रमुख प्रतिपक्ष एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठक असोज ४ गते बस्नेगरि सकिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button