धार्मिक र्यालीका क्रममा दुई समुहबिच विवाद

विराटनगर- विराटनगरको रानि क्षेत्रमा धार्मिक र्यालीका क्रममा दुई समुहबिच विवाद उत्पन्न भएको छ।
बुधबार रामनवमीको सन्दर्भ पारेर हिन्दु धार्मिक संघसंस्थाले निकालेको धार्मिक र्यालीका क्रममा दुई समुहबिच विवाद भएपछी झडपकै स्थिति सृजना भएके हो।
विराटनगर महानगरपालिका–१५ का युवाले बृहत् मोटरसाइकल र्याली निकाल्ने तयारी गरेपछि अर्को समूहले अवरोध गर्न खोज्दा विवाद भएपछी उत्पन्न झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ ।



