भित्रियो यस वर्षको मनसुन प्रणाली

काठमाडौँ – नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो तर यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा सोमबारदेखि भित्रिएको छ ।

यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको अन्य भू-भागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button