एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ : महामन्त्री तथा सांसद थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ रहेको दाबी छन्।

शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद थापाले एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ भएको दाबी गरेका हुन्।

‘राजनीतिक र प्रशासनिक नेतृत्वको भरथेग र भरोसा बिना एनसेलको सेयर खरिद-बिक्री भएको छैन। सरकारले छानबिन समिति बनाएको अवस्थामा सो समितिको काम, कारबाहीलाई राज्य व्यवस्था तथा सुशासन समितिले हेर्नुपर्छ, ’ उनले भने।

छानबिन समितिले यो प्रकरणलाई ढाकछोप गर्न सक्ने भन्दै थापाले त्यसको अनुगमन संसदीय समितिले गर्नुपर्ने बताए। उनले सो प्रकरणको ढाकछोप हुन खोजे संसदीय समितिले सो प्रयत्नलाई तोड्नुपर्ने धारणा राखे।

थापाले भने, ‘म के कुरा दाबाका साथ भन्न सक्छु भने, एनसेलको सन्दर्भमा जे कुराहरु भएको छ, त्यो रातारात अहिले भएको होइन। यसमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ, ठूलो भरथेग, ठूलो भरोसा नभई यो प्रकरण भएको छैन। यो गलत हो भन्ने लागेको भए सरकार सिधा कारबाहीको प्रक्रियामा जानुपर्थ्यो।’

मन्त्रिपरिषद्ले निर्णय गरेर समिति बनाएकोले अब बल समितिको कोर्टमा छ भन्दै उनले त्यो समितिले ठिक ढंगले काम गर्छ कि गर्दैन, समितिको बनोट आफैँमा ठिक छ कि छैन, यसलाई ढाकछोप गर्न पो समितिले लिएर जाने हो कि, यो सबै फुस्सा बनाउनेतिर पो जाने हो कि भन्ने हो कि भन्ने आशंका गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button