कोशी प्रदेश मन्त्रिपरिषद्को सञ्चार विधेयक पेस गर्ने निर्णय

मोरङ– कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार साँझ भएको बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक-२०८० प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा भएको  बैठकले  उक्त विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो । 

यसैगरी शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० लाई बैठकले स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले जानकारी दिए। बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आङ्गिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्न केन्द्र सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।  

साथै बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौ प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय  गरेको प्रवक्ता राईले बताए । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button