आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि सुरु हुँदै छ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

एसईई परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक,एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्रहरु छन् ।

आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुदैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button