संविधान र लोकतन्त्रमाथि हमला हुँदा पुनः मुलुकमा निरङ्कुशता जन्मिने खतरा बढ्यो: पूर्वराष्ट्रपति डा. यादव

काठमाडौँ- पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान र लोकतन्त्रमाथि पुनः कालो बादल मडारिन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

जनकपुरधामस्थित पुरानो ऐतिहासिक सरस्वती नमूना माध्यमिक विद्यालयको नयाँ भवन शिलान्यास कार्यक्रममा आज बोल्दै पूर्वराष्ट्रपति डा. यादवले पछिल्लो समय संविधान र लोकतन्त्रमाथि हमला हुने काम भएकाले पुनः मुलुकमा निरङ्कुशता जन्मिने खतरा बढेको बताए।

उनले जनता सजग र सचेत नभए पुनः मुलुकमा प्रतिगमन आउन सक्ने उल्लेख गर्नुहुँदै सबै निकाय संविधानको मर्म र भावनाअनुसार अघि बढ्न सके मात्र संविधानको रक्षा हुने बताए।

दुई/दुई पटक दुवै सदनबाट पारित भएको नागरिकतासम्बन्धी विधेयक फिर्ता गरेर राष्ट्रपतिले संविधान उल्लङ्घन गर्ने काम गरेको टिप्पणी गर्दै उनले संविधानमा राष्ट्रपतिलाई एक पटक पुनर्विचारका लागि विधेयक फिर्ता गर्न सक्ने अधिकार भए पनि दुई पटक फिर्ता गर्ने अधिकार नभएको जिकिर गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button