रास्वपाको कोर टिम नै सहकारीको रकम ठगीमा मुछिएको आरोप

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीको  कोर टिम नै सहकारीको रकम ठगीमा मुछिएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस महामन्त्री शर्माले रास्वपाका सहमहामन्त्री विपिन आचार्य समेत सहकारीको रकम अपचलनमा मुछिएको बताए ।

‘रास्वपाका एक जना आचार्य थरका सहमहामन्त्रीजीको नाममा गोर्खा मिडियामा सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ प्रवाह भएको देखिन्छ ।

सूर्य दर्शन सहकारीबाट एक करोड प्रवाह भएको देखिन्छ,’ सांसद शर्माले भने । यसअघि, प्रतिनिधि सभाकै बैठकमा कांग्रेसले सहकारीको रकम ठगीमा रास्वपाका उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल र रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी समेत आरोपित रहेको भनी प्रश्न उठाएको थियो ।

रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रावि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा आरोपित रहेको भनी संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले मंगलबार कांग्रेसका सांसदद्वय रामकृष्ण यादव र कान्तिका सेजुवालले अन्य दुई नेता समेत आरोपित रहेको भनी प्रश्न उठाएका थिए ।

बुधबारको बैठकमा कांग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले रास्वपाका सहमहामन्त्री आचार्यको नामै लिएर सहकारीको रकम अपचलनको प्रश्नमा रहेको बताए ।

कांग्रेस लचिलो हुनुको कारण सत्ताको ढोक्सा
सहकारीको बचत अपचलन गरेको आरोपमा रास्वपाका सभापति एंव उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समितिको माग गर्दै आएको संसदको प्रमुख विपषी दल नेपाली कांग्रेस लचिलो भएको छ ।

कांग्रेस त्यसरी एक्कासी लचिलो हुनुको कारण सत्ताको ढोक्सालाई सत्तामा पुग्ने भ¥याङ्ग बनाउने खेलमा कांग्रेस लागि परेको छ । कांग्रेसले करिब १ हप्ता अघि नै १८ चैत्र अघि नै संसदीय समिति नबनाएको खण्डमा संसद अवरुद्ध गर्ने उद्घोष संसदबाटै गरेको थियो ।

गृहमन्त्री लामिछाने संलग्न कार्यसूची बाहेक संसदीय काम कारबाही अवरोध नगर्ने नीति कांग्रेसले लिएको छ । संसदमा संसदीय छानविन समितिको माग गरिरहने तर संसद अवरुद्ध नगर्ने रणनीतिमा कांग्रेस एक्कासी कसरी पुग्यो त ? कांग्रेसले अहिलेको सत्ता गठबन्धनलाई भत्काउन कुनै कसुर बाँकी नराख्ने रणनीति लिएको र सत्ता गठबन्धन बनाउन रास्वपाको महत्वपूर्ण भूमिका हुने भएकाले कांग्रेसको संस्थापन पक्षले रास्वपा र सभापति लामिछानेलाई धेरै चिढ्याउन चाहेको छैन ।

संसदमा रहेको अंक गणित हेर्दा कांग्रेस–एमाले मिल्ने अवस्था बाहेक अन्य अबस्थामा सरकार निर्माण गर्न रास्वपाको महत्वपूर्ण भूमिका रहेकाले गर्दा सहकारीको मुद्दालाई सत्ताको ढोक्सामा विसाउने रणनीतिक उदेश्यका साथ कांग्रेस अघि बढेको जस्तो देखिएको छ ।

कांग्रेसका केही प्रभावशाली नेताहरूले रास्वपाका नेताहरूसँग व्यापक रुपमा छलफल गरिरहेका छन् भने सभापति शेरबहादुर देउवाले समेत प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटघाट छलफललाई तिव्रता दिएका छन् ।

कांग्रेसले अहिलेको सत्ता गठबन्धन केही समय मात्र टिक्ने र लामो समयसम्म यो सरकार सञ्चालन हुन नसक्ने आंकलन गरिरहेको छ । त्यसै कारणले गर्दा सभापति देउवाले जनमत, लोसपा, लगायतका पार्टीका नेताहरूसँग छलफल र बहससमेत गरिरहेका छन् ।

अहिलेको एमाले, माओवादीसहितको गठबन्धनलाई भत्काएर कांग्रेस जसरी पनि सत्तामा फर्किने रणनीतिमा लागेको अभियान साप्ताहिकमा खबर छ ।

अहिलेको सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवव नेपाल र सभापति देउवाबीचमा पनि गोप्य रुपमा भेटघाट र छलफल भईरहेका र प्रधानमन्त्री दाहालले केही दिन अघिमात्र आफूले फेरी अर्को उथलपुथल गर्न सक्ने अभिव्यक्ति दिएका हुनाले त्यो उथलपुथल भनेको प्रधानमन्त्री दाहाल फेरी कांग्रेससँग सहकार्य गर्न तयार हुने छन् भने अर्थ कांग्रेसले लगाएको हुनाले ऊ रवि लामिछाने र रास्वपाप्रति आक्रमण ढँगले संसदमा प्रस्तुत नहुने भएको छ ।

कांग्रेसले रास्वपालाई स्वीकार गर्न नसकेको जस्तो देखिएपनि व्यवहारमा भने त्यस्तो नदेखिएकाले गर्दा कांग्रेस फेरी छोटो समयमै सत्तामा फर्किन सक्ने आंकलन गरेर सभाति देउवा अघि बढेका छन् । प्रधानमन्त्री दाहालले कांग्रेस एमाले दुवैलाई पालैपालो धोका दिँदै आएकाले गर्दा अब कांग्रेस एमाले मिलेर सरकार निर्माण गर्नुको अर्को विकल्प देखिँदैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button