गोविन्द केसीले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै २२ औँ अनसन सुरु

काठमाडौं-स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले २२ औँ अनसन सुरु गर्नुभएको छ।
डा. केसीले पशुपति मृगस्थलीमा आज अपरान्ह ४ बजेदेखी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै अनसन सुरु गर्नुभएको हो।
केसीले सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय र प्रधानमन्त्री प्रचण्डको तत्काल राजीनामा, सबै नेपालीलाई निःशुल्क औषधि–उपचारको व्यवस्था गर्नुपर्ने लगायतका अन्य माग राख्दै अनसन सुरु गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार मृगस्थलीमा आज अपरान्ह ४ बजेदेखी २२ औँ अनसन सुरु गर्नुभएको हो।
केसी यसअघि पनि विभिन्न प्रकारका माग र मुद्दामा पटक पटक अनसन बस्दै आउनु भएको छ।

