अख्तियारको प्रतिवेदनः एक हजार पाँच सय ५४ प्रतिवादी, आठ अर्ब ४० करोडभन्दा बढी माग दाबी

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको वर्षभरि १,५५४ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ। ती प्रतिवादीहरूमाथि ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४०७ रूपैयाँ बिगो माग गरिएको छ।
आयोगले आर्थिक वर्ष २०८०/८१ मा २०१ वटा मुद्दा विशेष अदालतमा दर्ता गर्यो, जसमा ५८ गैरकानुनी लाभ, ४८ घूस, ३४ नक्कली शैक्षिक प्रमाणपत्र, ३३ सार्वजनिक सम्पत्तिको क्षति, १३ राजस्व चुहावट, ११ गैरकानुनी सम्पत्ति आर्जन र ४ अन्य मुद्दाहरू छन्।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगको ३४औँ वार्षिक प्रतिवेदन पेश गरेका थिए। आयोगले टङ्गाल र अन्य कार्यालयहरूबाट कार्य सञ्चालन गरिरहेको छ, जसमा ९९० कर्मचारी कार्यरत छन्। साथै, आयोगले ३३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई अनुसन्धानको अधिकार प्रत्यायोजन गरेको छ।




