श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

झापा: आफ्नै ३७ वर्षीया श्रीमती मुना चौहानको हत्या गरेको आरोपमा अर्जुनधारा नगरपालिका-३ जुङ्घेघारी निवासी ४६ वर्षीय वीर बहादुर चौहानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

वीर बहादुरले अर्जुनधारा नगरपालिका-३ दार्जिलङ डाँडास्थित धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेको सूचनाको आधारमा अस्थायी प्रहरी चौकी खुदुनाबारी र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोलीले तत्कालै घटनास्थलमा पुगी वीर बहादुरलाई पक्राउ गरेको बताइएको छ।

अहिले प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button