काठमाडौंमा वर्षको सबैभन्दा चिसो मौसम, न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा पुगे।

काठमाडौं- राजधानी काठमाडौंमा वर्षकै अत्यधिक चिसो महसुस गरिएको छ। पछिल्ला केही दिनयता न्यूनतम तापक्रम घट्ने क्रम जारी रहेको छ, जसअनुसार हिजो बिहान काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियससम्म पुगेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै जाँदा काठमाडौंसहित देशका विभिन्न भागहरूमा चिसोको मात्रा क्रमशः बढ्दो अवस्थामा रहेको छ।
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेकोले देशभर मौसम प्रायः सफा रहने अनुमान गरिएको छ। यद्यपि चिसोको प्रभावले जनजीवन प्रभावित गर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।



