माओवादी पार्टीप्रति जनताको आकर्षण वृद्धि भएको छ : अध्यक्ष दाहाल

ढोरपाटन (बागलुङ)- पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको अवस्थामा आफ्नो पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको बताएका छन्। बागलुङमा आयोजित स्नेह मिलन कार्यक्रममा बोल्दै उनले सरकारको नेतृत्व गरेको १८ महिनामा भएका कार्यहरूले जनताको विश्वास जित्न सफल भएको उल्लेख गरे।

अध्यक्ष दाहालका अनुसार, विगतका कमीकमजोरीको समीक्षा गर्दै माओवादी केन्द्रलाई सुदृढ बनाउने प्रयास जारी छ, जसका कारण वडा तहदेखि नै संगठन बलियो बन्दै गएको छ। सातै प्रदेशबाट नेताहरू तथा कार्यकर्ताहरू पार्टीमा प्रवेश गरिरहेको उल्लेख गर्दै उनले माओवादी केन्द्र चाँडै पहिलो पार्टी बन्ने दाबी गरे।

उनले माओवादीका लागि हाल ठूलो अवसर आएको बताउँदै, सरकारलाई सही मार्गमा ल्याउन विपक्षी दलहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। जनताले माओवादी सरकारका कामको प्रशंसा गर्न थालेकाले कार्यकर्ताहरूले त्यसको प्रचार-प्रसार गर्नुपर्नेमा उनको विशेष जोड रह्यो।

माओवादी परिवर्तनको वाहक रहेको स्पष्ट पार्दै अध्यक्ष दाहालले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र भ्रष्टाचारविरोधी प्रयासप्रति जनताको रुचि रहेको बताए। संगठनलाई अझ सशक्त बनाउन थोरै मेहनत गरे पार्टीलाई पहिलो स्थानमा पु¥याउन कठिन नहुने उनको धारणा थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button