संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौँ- संघीय संसद्को दुबै सदन -प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएका छन्। प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजेका लागि तोकिएको छ भने राष्ट्रियसभाको बैठक अपराह्न १२:१५ बजे बस्ने कार्यक्रम छ।

आजका बैठकहरूमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि केन्द्रित छलफल हुनेछ। दुबै सदनमा सांसदहरूले नीति तथा कार्यक्रमबारे आ-आफ्नो धारणा राख्ने कार्यसूची तय गरिएको छ। सांसदहरूले सरकारको प्रस्तावित योजनाहरूको समीक्षा, सुझाव तथा आलोचना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते, शुक्रबार, संघीय संसद्को संयुक्त बैठकमार्फत सार्वजनिक गर्नुभएको थियो। सो कार्यक्रममार्फत सरकारले आगामी वर्षका लागि विकास योजनाहरू, सार्वजनिक सेवा प्रवाह, पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, रोजगारी, स्वास्थ्य, शिक्षा र अर्थतन्त्र सम्बन्धी प्राथमिकताहरू प्रस्तुत गरेको छ।

यसै सन्दर्भमा, सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले छलफल सुरु गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गर्नुभएको थियो। राष्ट्रियसभामा भने छलफल गत आइतबारदेखि नै सुरु भइसकेको छ। दुबै सदनमा नीति तथा कार्यक्रममाथि व्यापक बहसपछि सांसदहरूले प्रस्तावबारे निर्णय प्रक्रियामा सहभागी हुनेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button