जात्रा र पर्वहरुमा भीडभाड नगरी प्रतिकात्मक रुपमा मनाउन ललितपुर महानगरको आग्रह

ललितपुर / ललितपुर महानगरपालिकाले धेरै जना एकै ठाउँमा जम्मा भएर जात्रा मनाउँदा कोभिड संक्रमण फैलनसक्ने भन्दै महानगरभित्र मनाइने जात्राहरु र अन्य चाडपर्वहरु प्रतिकात्मक रुपमा मनाउन आग्रह गरेको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा सरोकारवालाहरुको सहभागितामा बसेको बैठकले उक्त निर्णय गर्दै नागरिकलाई यस्तो आग्रह गरेको हो ।

नगरप्रमुख महर्जनले महानगरभित्र मनाइने सबै प्रकार जात्राहरु पुजारी र सिमित संख्यामा सहभागी भएर मनाउने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘कोभिडबाट नागरिकलाई जोगाउन महानगरले प्रतिकात्मक रुपमा नित्य पूजा गरी सम्पन्न गर्ने निर्णय गरिएको हो, कोभिड सकिएपछि हामी धुमधामसँग मनाउने छौं ।’

श्रीकृष्णजन्माअष्टमी, जनैपूर्णिमा ,सिंह जात्रा, (मत्यां जात्रा), भिन्द्यो जात्रा, कुम्भेश्वर मेला लगायतका जात्रा पर्वहरु क्रमश सुरु हुँदैछन् । नगरप्रमुख महर्जनले कोभिड नियन्त्रणमा नागरिकको भूमिका महत्वपूर्ण हुने बताउँदै घरबाहिर निस्कदा मास्कको प्रयोग अनिवार्य रुपमा गर्न अनुरोध गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button