बाह्रबिसेमा बजाज शोरुम र सर्भिसिङ सेन्टर संचालन

रातोपाटीन्युज, सिन्धुपाल्चोक । बाह्रबिसेमा बजाज कम्पनीको शोरुम र सर्भिसिङ सेन्टर बुधबारबाट बिधिवत रुपमा संचालनमा आएको छ । सिन्धु अटो कनसर्न प्रालि डिलर रहेको सो कम्पनीले बजाज मोटरसाइकलको शोरुम र सर्भिसिङ सेन्टरको बुधबार नै उद्धघाटन गरेको छ ।
उक्त शोरुम र सर्भिसिङ सेन्टरको उद्धघाटन गोल्छा गु्रपका डाइरेक्टर अभिमन्यु गोल्छाले र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार) ले सर्भिसिङ सेन्टरको उद्धघाटन गर्नु भएको छ । प्रमुख अतिथि समेत रहनु भएका गोल्छाले बजाज बाइकको सेवा घरदैलो मा नै ल्याइदिएको जानकारी दिनु भयो । उक्त डिलरबाट सिन्धुपाल्चोक लगायत धेरै जिल्लामा सेवा दिने उहाँले बताउनु भयो ।

बिशेष अतिथि तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेतले उक्त सिन्धु अटो कनसर्न प्रालिको बजाज डिलर सिन्धुपाल्चोकमै पहिलो भएको बताउनु भयो । बजाज बाइक सिन्धुपाल्चोकको भूगोल सुहाँउदो भएको पनि अध्यक्ष बस्नेतले जानकारी दिनु भयो । अन्य बाइकको तुलनामा बजाज बाइक सहज र आरामदायी हुने पनि बिशेष अतिथि बस्नेतले बताउनु भयो ।
एचएच बजाज कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङ सभापति रहेको सो कार्यक्रममा सिन्धु अटो कनसर्न प्रालिका अध्यक्ष राजेश कुमार श्रेष्ठ कार्यक्रम संयोजक रहेका थिए । बाह्रबिसे नगरपालिकाका मेयर निमफञ्जो शेर्पाले बाह्रबिसे क्षेत्रमा डिलर खुल्द खुशी लागेको बताउनु भयो ।
सिन्धु अटो कनसर्न प्रालिका अध्यक्ष राजेश कुमार श्रेष्ठले बजाज बाइक सिन्धुपाल्चोकमा अत्याधिक माग बढीरहेको जानकारी दिनु भएको छ । उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु, सिन्धुपाल्चोकका ब्यापारी, ब्यबसायीहरु, ब्यापारिक संघसंस्थाका प्रतिनिधि, बित्तिय संघसंस्था, बिभिन्न कार्यालयका ब्यक्तित्व र मोटरसाइकल पारखीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

