सरकारले मन्त्रीपरिषद्लाई पूर्णता दिनु नसक्नु देशका लागि चिन्ताको विषय : निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार बनेको लामो समयसम्म मन्त्रिमण्डलले पूर्णता नपाउनु देशका लागि चिन्ता र दुखको बिषय भएको बताएका छन् ।
गान्धी जयन्ती तथा अन्तराष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको बिचार गोष्ठीमा निधिले मन्त्रिमण्डलले पूर्णता नपाउदा सरकारप्रति निराशा बढ्ने खतरा रहेको र देशका लागि चिन्ता र दुखको बिषय भएको बताएका हुन् ।
उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बहादुर देउवा र गठबन्धन दलहरुले छिटो मन्त्रिमण्डललाई पूर्णता दिन सक्रियता देखाउनुपर्ने धारणा राखे । मलुकमा चूनाव आउन केहि समयमात्र बाकि रहेको अवस्थामा मन्त्रिमण्डलले पूर्णता नपाउनुले त्यसको असर चूनावमा पर्ने उनको भनाई छ । निधिले आगामी चूनावमा गठबन्धनको स्वरुप र योजना पनि जनतामाझ लानुपर्ने जिकिर गरे ।
उनले कांग्रेस जनताले बिश्वास गरेको पार्टी भएको भन्दै सरकारमा रहेका बेला जनताको आशालाई निराशामा बदल्न दिन नहुने उल्लेख गरे ।




