तथ्य र प्रमाणका आधारमा नक्कली शरणार्थी प्रकरण टुंगोमा पुर्‍याउने

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निस्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

हिजो बुधबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्नेकुरा संगठित अपराध भएको बताए। यो अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने मन्त्री श्रेष्ठले बताए।

उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हाँसिल हुन नसक्ने भन्दै कुनै पनि भ्रष्टाचारका प्रकरणहरु निष्पक्ष भएर छानबिन गर्ने र कुनै पनि दबाबमा वा कुनै पनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित नहुने दाबी गरे।

नेकपा एकीकृत समाजवादीका तर्फबाट पार्टी उपमहासचिव जगन्नाथ खतिवडासहितको टोली गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button