इजरायलमा रहेका नेपालीको चित्कार : हामी त्रासमा छौँ, छिटो सुरक्षित ठाउँमा पुर्‍याइदेऊ

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै इजरायलमा रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई दाङमा आबद्ध विपिन सुवेदीले आफूलाई जतिसक्दो छिटो सुरक्षित स्थानमा पुर्‍याइदिन आग्रह गरेका हुन् ।

उनी सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूको नेतृत्व गर्दै उनी त्यहाँ पुगेका हुन् । सुवेदीले आफूहरुलाई तत्काल उद्धारका लागि प्रभावकारी पहल गर्न सरकारसँग आग्रह गरेका छन् । द्वन्द्व प्रभावित क्षेत्रमा सुवेदीले राजदूतावास र नेपाल सरकारले सम्पर्क सुत्रको काम गरिरहेको बताइएको छ । राज्यले आवश्यक पहलकदमी लिन ढिला गरेको जनाउँदै उनले  त्रासकै कारण मानवीय क्षति बढ्नसक्ने बताएका छन् ।

‘राज्यले ‘के भएको छ ?’ भनेर सोध्दा जतिबेलै घाईतेकै स्थिति बताउन विवश छौँ हामी । तर जो हामी छौँ , त्रासमा लुकेर बसेका, उनीहरु यहि त्रासले नै मर्ने स्थिती पुगीसक्यो ।’ उनले फेसबुकमा लेखेका छन्, ‘बचाउने काम सबैलाई गरीदिनुस् ।’

उनले सबैलाई अहिले नै नेपाल फर्काइदिन नभनेको भएपनि सकेको जति सुरक्षित ठाउँमा सबै हुन पाइयोस् भन्ने कामना गरेका छन् । यसका लागि पहल गरिदिन उनको माग छ । ‘मन आत्तिएर भक्कानिन थाल्यो, आँखा सुक्न थाले । बिन्ती छ सरकार सुनिदिनु पर्यो ।’ उनले लेखेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button