३ जना चिनियाँ नागरिकहरू पक्राउ

वीरगंज, पर्सा – अनलाईनमार्फत ठगी गरेको अभियोगमा ३ जना चिनियाँ नागरिकहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चिन हुनान ठेगाना भएका ३३ वर्षीय LIU GUI CAI, चिन हुवेई ठेगाना भएका २६ वर्षीय WANG BOHAN र ३६ वर्षीय XIANG XIAO रहेका छन् ।

अनलाईन लटरी, सपिङ जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाली तथा विदेशीहरूबाट सर्वसाधारण नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले निगरानी गर्ने क्रममा उनीहरूलाई पर्साका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

वीरगंज महानगरपालिका-१५ स्थित उनीहरूले भाडामा लिएको घरबाट कम्प्युटर सीपीयु १ सय २० थान, मनिटर १ सय १८ थान, राहदानी ३ थान, मोबाइल ३५ थान, भारतीय Geo Sim card १३ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान,  बैंक एटीएम कार्ड ३ थान, किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, वाईफाई राउटर २ थान, मिनी इनभर्टर २ थान, गाडी १ थान, मोटरसाइकल १ थान र मलेशियन मुद्रा ३७ रिंगिट, ४३ हजार नेपाली रूपैयाँ र कम्बोडियन मुद्रा ३ हजार ५ सय प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button