चिमटिमा आगलागी हुँदा ११० घरगोठ जलेर नष्ट

लाहान – मंगलबार साँझ सप्तरी जिल्लाको महदेवा गाउँपालिका १ चिमटिमा आगलागी हुँदा ११० घर जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यले जानकारी दिए अनुसार साँझ ५ बजे अचानक भएको आगलागीमा परी केही गोठसहित ११० घर जलेर नष्ट भएको थियो।
आगलागी ६ वटा वारुणयन्त्र, १०० सय बढी सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ५ घन्टापछि राति १० बजे नियन्त्रणमा लिइएको थियो भने आगलागीमा कुनै मानविय क्षति नभएको उनले बताए ।
आगलागी कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको र क्षतिको यकिन विवरण आउन बाँकी रहेको पनि उहाँले बताएको थियो ।
हाल यी दिनहरुमा मूलुकका विभिन्न जिल्लाहरुमा आगलागीको घटनाक्रम भईहरेको कारण करौडौ रुपैया बराबरको धनमाल नष्ट भएको छ ।




