कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी

काठमाडौं – कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा खुला उजुरी परेको छ। रतन भण्डारीले सोमबार उजुरी दिएका हुन्।

असारमा  कार्की प्रधानन्यायाधीश नियुक्ति हुँदैछन्। साउनमा कार्यकाल सकिने कार्कीले प्रधानन्यायाधीश भएमा एक महिनाअघि बिदामा बस्नुपर्छ। त्यो भनेको असारमै। बिदामा रहेका कार्कीले कुनै मुद्दा हेर्न पाउने छैनन्। कार्की भने सेवानिवृत्त भएपछि राज्यबाट पूर्व प्रधानन्यायाधीशका हैसियतले पाउने करोडौंको गाडी, पेन्सन, सुरक्षाकर्मी जस्त सुविधाका लागि जसरी पनि प्रधानन्यायाधीश हुने र भित्तामा फोटो झुण्डाउँदै राज्यकोसमाथि भार बढाउने योजनामा रहेको भण्डारीले उजुरीमा उल्लेख गरेका छन्।

कार्कीको प्रधान न्यायाधीशमा हुने नियुक्तिसम्बन्धमा उनी सो पदका लागि अयोग्य भए उजूरीका लागि संसदीय समितिले यही जेठ २६ गतेसम्म सार्वजनिक उजूरी आह्वान गरेको छ।

कामु प्रन्या कार्कीले पदमा हुँदा पदीय आचरण र सामान्य विधिशास्त्रीय प्रचलन र आचारसंहिता विपरीतका काम गरेको भण्डारीको आरोप छ। माथिल्लो कर्णालीमा जीएमआरका वकिल रहेका कार्कीले कामु प्रन्या भएपछि हेर्न नमिल्ने जीएमआरकै मुद्दा हेरेर जीएमआरको पक्षमा फैसला गरेकाले प्रधान न्यायाधीश हुन नमिल्ने उजु्रीमा दाबी गरिएको छ। उक्त मुद्दामा सपना प्रधान मल्लले पनि हेर्न नमिल्ने जीएमआरको मुद्दा हेरी जीएमआरको पक्षमा फैसला गरेको भण्डारीले बताएका छन्।

‘कामु प्रन्या हुँदा कार्कीले आचारसंहिताविपरीतका मुद्दा हेर्दै स्वार्थ बाँझिने गरी फैसला गरेका र सेवा निवृत्त भएपछि राज्यकोशमाथि लुट मच्चाउन एक महिनाका लागि फोटो झुण्डाउने गरी प्रधानन्यायाधीशको बढुवाका लागि कसरत गरिरहेकाले उनको नियुक्ति सम्बन्धमा अरु पनि केही भए सबैले संसदीय समितिमा उजूरी गरौ। कार्कीको प्रन्यामा हुन लागेको नियुक्ति रोकौं। राज्यकोषको सम्पत्ति दुरुपयोग हुनबाट जोगाऔं। न्यायालयको गरिमा बढाउन हरिकृष्ण कार्कीहरुलाई प्रधानन्यायाधीश हुन नदिऔ’ उजुरीमा भनिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button