नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले सम्हाले नेपाली सेनाको नेतृत्व

काठमाडौं– नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले बिहीबारदेखि औपचारिक रुपमा नेपाली सेनाको नेतृत्व सम्हालेका छन्।
बिहीबार जंगी अड्डामा आयोजित विशेष समारोहबीच प्रधानसेनापति शर्माले औपचारिक रुपमा सेनाको नेतृत्व सम्हालेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट महारथीको दर्ज्यानी चिन्ह ग्रहणपछि प्रधानसेनापति शर्मा सिधै जंगी अड्डा पुगेका थिए।
निवृत्त हुन लागेका प्रधानसेनापति एक महिना पहिले बिदा बस्ने परम्पराअनुसार पूर्णचन्द्र थापा एक महिना अघि बिदा बसेपछि साउन २५ देखि शर्माले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। नेपाली सेनाका ४४ औं प्रधानसेनापति शर्मा अब तीन वर्ष सैनिक नेतृत्वमा रहनेछन्।




