सार्वजनिक बिदामा आयोग र अन्तर्गतका कार्यालय खुला रहने

काठमाडौँ । प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म बिदाका समयमा पनि निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने भएको छ ।

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गरी आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म आयोगको सचिवालय काठमाडौँ, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालय सार्वजनिक बिदाका दिनमा समेत खुला रहने जानकारी गराएको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सबै चरण र प्रक्रियाका कार्यहरू नियमितरूपमा सम्पादन गरी निर्धारित मितिमा नै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र मितव्ययीरूपमा सम्पन्न गर्न, गराउन बिदाको समयमा कार्यालय खुला रहने उल्लेख गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button