प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्रसंघको महासभामा जाने टोलीको टुंगो लाग्यो ।

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्रसंघको महासभामा जाने टोलीको टुंगो लागेको छ ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन लागेको ७८औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधिमण्डल भदौ ३० मा त्यसतर्फ प्रस्थान गर्नेछ ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले प्रधानमन्त्री भदौ ३० देखि असोज सम्म संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहने कार्यक्रम रहेको जानकारी दिए ।

भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गंगा दाहाल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल रहेका छन् ।

यस्तै, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीहरू लगायत नेपालबाट मिडिया प्रतिनिधिहरु समेत रहने परराष्ट्रमन्त्री साउँदले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ उच्चस्तरीय छलफललाई असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड त्यतैबाट असोज ४ गते चीन भ्रमणका जाने कार्यक्रम छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button