आज ईसाई धर्मलम्बीहरुले ईस्टर सण्डे मनाईदै

काठमाडौं –आज ईसाई धर्मलम्बीहरुले देशभर ईस्टर सण्डे मनाईदै छ ।
हरेक वर्ष चैत्र महिनामा ईस्टर सण्डे मनाउने चलन छ । क्रिसमस पर्व पछिको अर्को महत्वपूर्ण पर्वको रुपमा मनाई यस पर्व नेपाल लगाएत विश्वव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाईने पर्वको रुपमा लिएको छ ।
पवित्र धर्मशाष्त्र बाईबल अनुसार सारा मानवको पापको लागि येशूू ख्रिष्टलाई क्रुसमा टाँगेर मारिएको र तिन दिनसम्म चिहानमा गाडिए पछी तेस्रो दिनमा मृत्यबाट जिवित भएको दिन ईस्टरसण्डे भनि मानि आएको छ ।
ईस्रायल देशमा आजसम्म पनि येशूलाई दफन गरिएको चिहान खाली रहेका हुनाले येशू ख्रिष्टलाई पापबाट उद्धार गर्ने प्रभुको रुपमा विश्वास गरिएको छ ।
काठमाडौ, ललितपुर र भक्तपुरमा ईसाई धर्मलम्बीहरुले “उपत्याका ईस्टर सण्डे” नाम दिई आज विहान देखि नै लामबद्ध भएर रयालीमा सहभागी भई विभिन्न ईसाई भजनगित गाउँदै भृकुटी मण्डपमा भेला भई सभा गर्ने गरी कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रम आयोजकका एक सदस्यअनुसार यो पर्व काठमाडौ भ्यालीमा मात्रै नभई सातै प्रदेशको सबै जिल्लामा भएका नेपालमा रहेका लाखौ ईसाईहरुले संयूक्त रुपमा ईस्टर सण्डे मनाई रहेको जानकारी लिनुभएको छ ।
कार्यक्रमा रेडक्रस सोसाईटीसँग साझेदारी गरी रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा ईस्टर सण्डेको अवसरमा ईसाई धर्मलम्बीहरु लाई शुभकामना सन्देश पनि पठाउनुभएको छ ।




